थप २१० जनामा काेराेना पुष्टि,संक्रमितकाे कुल संख्या १९,२७३ पुग्याे

काठमाण्डाैँ, १४ श्रावण ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

देशका बिभिन्न भागमा २ सय १० संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या १९ हजार २ सय ७३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस