वीरगञ्जमा थप दुई जनाको काेराेना संक्रमणका कारण मृत्यु

पर्सा, १४ श्रावण ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । पर्सामा मात्रै कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।

बुधबार विहान ६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पतालमा र दिउँसो ७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको  नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस