काठमाण्डाैँ, १५ श्रावण ।
नेपालमा बिहीबार थप २७४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणमा २७४ जनामा संक्रमण भएको हो ।
मन्त्रालयका अनुसार पर्सामा ४९ जना, काठमाडौंका ४१, बाँकेमा २० जना, नवलपरासी पूर्वमा १६ जना, धनुषामा १४, बारा र स्याङ्जामा १२/१२ जना, झापा र दैलेखमा १०/१० जना, सुर्खेतमा ९ जना, बर्दियामा ८ जना, महोत्तरी, बागलुङमा ६/६ जना, कैलालीमा ५ जना, धादिङ र सर्लाहीमा ४/४ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै कास्की, लमजुङ र तनहुँ, दाङ र सल्यानमा ३/३ जना, भक्तपुर, ललितपुर, सुनसरी, मोरङ, उदयपुर, रौतहट, सप्तरी, प्युठान, नुवाकोट, कञ्चनपुर र डडेल्धुरामा २/२ जना, खोटाङ, दोलखा, चितवन र नवलपरासी, गोरखा, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही प्युठान, मुगु, जाजरकोट र दार्चुलामा १/१ जनामा संक्रमण देखिएको छ ।
यससंगै काेराेना संक्रमितकाे कुल संख्या १९ हजार ५ सय ४७ पुगेकाे छ । कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेकाे संख्या ५२ रहेकाे छ ।