बाँकेमा जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि

बाँके,१९ श्रावण ।

बाँकेमा १ जना जन प्रतिनिधि र १ जना करारका कर्मचारीलाई कोरोना पुष्टि भएको छ । बाँकेको नेपालगन्ज उप महानगरपालिकामा कार्यरत ५४ जना कर्मचारीहरुको स्वावको पीसीआर परीक्षण गर्दा १ जना वडाध्यक्ष र १ जना करार सेवा अन्तर्गतका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार बिहान भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा उनीहरुको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका जानकारी दिए ।

उनीहरुलाई खजुरा स्थित सशिल कोईराला प्रखर क्यान्सर अस्पतालको आईशोलेसनमा लगिएको छ । अस्पताल प¥याईएका वडा अध्यक्षले अस्पतालमा क्याबिन नभएको भन्दै बिरोध जनाएको अस्पताल श्रोतले जनाएको छ ।

संक्रमितमध्ये, वडाध्यक्षलाई ज्वरो तथा श्वासप्रश्वास सम्बन्धि लक्ष्ण देखिएको र सरकारी कर्मचारीमा कुनैपनि लक्ष्ण नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस