थप ३८१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१,३९० पुग्याे

काठमाण्डाैँ, २१ श्रावण ।

बुधबार नेपालमा थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ।

आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १७४ रहेको छ ।बुधबार कोरोना संक्रमण निको भई १३० जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार १५६ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस