निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागु

काठमाण्डाैँ, २१ श्रावण ।

सरकारले निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता  सहसचिव चक्रबहादुर बुढाले अनलाइनखबरलाई जानकारी दिए ।

संक्रमितको संख्या २ सयभन्दा बढी रहेका जिल्लामा पनि जोर, बिजोर प्रणालीबाट सवारीसाधन सञ्चालन हुने छन्। कोभिड १९ नियन्त्रणका लागि भन्दै सरकारले यस्तो व्यवस्था गरेको हो। जोर गतेका दिन जोर नम्वरका सवारीसाधन तथा बिजोर गतेका दिन बिजोर नम्वर प्लेटका सवारीसाधन सञ्चालन हुनेछन्।

त्यस्तै गृहले मास्क नलगाई हिँड्नेलाई जरिवाना गर्न सबै जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई  निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस