तत्काल लकडाउन नहुने

काठमाण्डाैँ, २२ श्रावण ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले तत्काल लकडाउन नहुने बताएका छन्।  बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा उनले सरकार देशभर लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारे।

अब स्थिती हेरेर जिल्ला प्रशासनहरूले लकडाउन गर्न सक्छ तर पहिले जस्तो देशभर लकडाउन तत्काल नहुने प्रवक्ता खतिवडाले बताएका छन ।

उनले ठाउँ-ठाउँमा लकडाउन भएको देखिए पनि चैत ११ गते जारी भएको जस्तो मुलुकभर लकडाउन नहुने बताए। यद्यपी संक्रमणको जोखिम हेरेर ती ठाउँहरूमा भने लकडाउन गर्न सकिने उनले जनाए। सर्वसाधारणलाई जनस्वास्थ्यको मापदण्ड पालना गर्न सरकारले अपील समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस