वीरगन्जमा थप एक जना काेराेना संक्रमितकाे मृत्यु

पर्सा, २२ श्रावण

वीरगन्जमा थप एक जना व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। वीरगन्जस्थित गण्डक अस्पतालमा उपचाररत् ६५ वर्षीय पुरूषको मृत्युपछि कोरोना पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए।

ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई गत मंगलबार अस्तपाल भर्ना गरिएको थियो। मृतक मुटु र मधुमेह राेगबाट ग्रसित थिए ।

प्रतिक्रिया दिनुहोस