गर्मी छल्न झरनातिर (फाेटाे फिचर )

तुलसीपुर, २४ श्रावण ।

दाङ तुलसीपुर उपमहानगरपालिका-०३ साततले स्थित रहेकाे झरना अहिले एकाएक चर्चामा आएकाे छ । अहिले गर्मीयाम बढेसंगै तुलसीपुर बासीका लागि उत्त झरना गर्मी छल्ने बिसाैनी बन्न थालेकाे छ । बिदाका दिनहरुमा सितल पानीसंगै रमाउनका लागि जानेहरु घुईचाे त्हाँ देख्न पाईन्छ ।

शनिवार मात्रै करिव २ हजार स्थानिय पर्यटकहरुले उत्त झरनाकाे अवलाेकन गरेका छन । बिगतका बर्षहरुमा त्हाँ पर्यटकहरु नआउने गरेकाे भएता पनि यस बर्ष भने दैनिक पर्यटकहरुकाे घुईचाे हुने गरेकाे स्थानिय रमेश वलीले बताए ।

रमाउन आउने स्थानिय ब्यत्तिहरुकाे निकै घुईचाे हुन थालेपछि साततले गुफा मन्दिर पर्यटन बिकास समितिले शनिवार देखि प्रति ब्यत्ति रु३० का दरले टिकट लिन थालेकाे छ ।

हेर्नुहाेस फाेटाेहरु

 

 

 

 

प्रतिक्रिया दिनुहोस