त्रिभुवन विश्व विद्यालयका सबै परीक्षा तत्कालका लागि स्थगित

काठमाण्डाैँ, २५ श्रावण ।

त्रिभुवन विश्व विद्यालयका परीक्षा स्थगित भएका छन् । विश्वविद्यालयले आज एक सुचना जारी गर्दै कोरोना संक्रमणले गर्दा परीक्षा सञ्चालन हुने सम्भावना नभएकोले परीक्षा स्थगित गराएको जानकारी गराएको हो ।

यस अघि कोरोना भाईरस कोभिड–१९ का कारण प्रभावित भएका परीक्षा भाद्रमा सञ्चालन हुने सुचना प्रकाशित गरेको थियो । शैक्षिक क्यालेण्डरमा थप क्षति नपुगोस् भन्ने उदेश्यले भाद्र एक गते बाट अनलाईन कक्षा सञ्चालन गर्न जनएको छ ।

अनलाईन कक्षाको पढाई हुने तालिका लगायत विस्तृत जानरीका लागि सम्बन्धित क्याम्पसहरुलाई सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस