तुलसीपुर, २६ श्रावण ।
दाङ तुलसीपुरमा माेटरसाईकल र स्कारपियाे एक आपसमा ठाेकिदा माेटरसाइकल चालक घाईते भएका छन ।
तुलसीपुर उपमहानगरपालिका-०८ अश्वारा स्थित करिब बिहानकाे १०ः०० बजेकाे समयमा तुलसीपुर बजार तर्फ बाट पस्चिम तर्फ जादै गरेको बा१८च७२०३ नम्बरको स्कार्पियो र अश्वारा देखी तुलसीपुर बजार तर्फ आउदै गरेको रा२प ४०३३ नम्बरको मोटर साईकल एक आपसमा ठोकिदा मोटर साईकल चालक २८ बर्षीय टेक बाहादुर साहु घाईते भएका छन । उनकाे खुट्टमा गहिराे चाेट लागेकाे छ ।
घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईराखेको छ । स्कार्पियो चालक र उत्त स्कार्पियो ईलाका प्रहरी कार्यालयकाे नियन्त्रणमा रहेकाे ईलाका प्रहरी कार्यालयले जनाएकाे छ ।