मोडिफाई गरीएका बाईक धमाधम कारवाही गर्दै ट्राफिक प्रहरी

तुलसीपुर, २६ श्रावण ।

ट्रफिक प्रहरी कार्यालय तुलसीपुरले साेरुप परिवर्तन गरीएका माेटरसाईकल धमाधम प्रकाउ गरी कारवाही गर्न थालेकाे छ । प्रहरीले आईतवार र साेमवार साेरुप परिवर्तन गरीएका राेयल ईन्फिनिड कम्पनीका बुलेट बाईक नियन्त्रणमा लिई कारवाही गरी बाईकलाई कम्पनिकाे वास्तविक साेरुपमा ढाल्न लगाएकाे छ ।

पछिल्लाे समय साेरुप परिवर्तन गरीएका माेटरसाईकल पक्राउ गरी कारवाही गर्ने अभियानमा ट्राफिक प्रहरी कार्यालय तुलसीपुर अग्रसर भएकाे पाईन्छ ।

स्वरुप परिवर्तन गरि ,बजार एरियामा तिव्र गतिमा चलाउनुका साथै ध्वनि समेत प्रदुषण गरिरहेका  सवारी साधनहरुले दुर्घटना निमत्याउन सक्ने सम्भावना रहेकाेले यस अभियानमा लागेकाे ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्र‍ ना नि चन्द्र केशीले जानकारी दिनुभयाे । पहिलाे पटकलाई वास्तविक साेरुपमा ढाल्न लगाएकाे भएपनि फेरी भेटिए कारवाहीका लागि यातायात ब्यवस्था कार्यालयमा पठाउने उहाँले भन्नु भयाे ।

 

 

 

प्रतिक्रिया दिनुहोस