मापसे गर्ने चालकलाई मुद्दा

तुलसीपुर, २६ श्रावण ।

मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले मुद्दा चलाउन थालेकाे छ । मापासे गरेर सवारी साधन चलाउने चालकलाई सार्वजनिक नैतिकता बिरुद्धकाे कसुर र सार्वजनिक शान्ति बिरुद्धकाे कुसुरमा मुद्दा चलाउने गरेकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिव सिंहले जानकारी दिनुभयाे  ।

मादक पदार्थ सेवन गरी सवारी साधन चलाउदा दुर्घटनाकाे जाेखिम बढेकाे र चालककाे मापासे गरेर सवारी साधन चलाउने बानीमा सुधार नभएकाेले यसरी मुद्दा नै चलाउनु परेकाे  सिंहले बताउनुभयाे ।

अहिले १६ जनालाई जिल्ला प्रशासन कार्यालय दाङबाट म्याद थप गरी अनुसन्धान भईरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस