लागुपदार्थ दुव्र्यशनी विरुद्ध प्रशिक्षण

दाङ , २७ श्रावण ।

लागुपदार्थ दुव्र्यशनी उपचारार्थीहरुलाई तुलसीपुरकाे बिजाैरी स्थित रहेकाे नयाँ पाइला पुर्नस्थापना केन्द्रमा संसददेखि प्रहरी सम्मले प्रशिक्षण दिएका थिए । पुर्न स्थापना केन्द्रमा रहेका ३९ जना उपचारार्थीहरुको मनोबल बढाउन, समाजमा पुन रुपान्तरित हुन, घर परिवारसंग घुलमिल हुन र सामाजिक रुपमा नेतृत्व क्षमता बढाउन प्रशिक्षण दिइएको नयाँ पाइला पुर्न स्थापना केन्द्रका निर्देशक सुरेश भुसालले जानकारी दिए ।

सांसद सुजिता शाक्यले प्राकृतिक मनोरम वातावरणमा दैनिक योगाअभ्यास, भवतित ज्ञान, ध्यानजस्ता कुरामा ध्यान दिनुपर्ने सुझाव दिए ।त्यसैगरी दुव्र्यशनीहरुको रुचिअनुसारका काम गर्ने सक्ने वातावरण तयार गर्नुपर्नेमा जाेड दिनुभयाे ।

प्रशिक्षणका क्रममा पुगेका ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबबहादुर सिंहले विगतमा विविध कारणले कुलतमा फसेको हुन सक्ने भन्दै भविष्यमा योग्य, सक्षम र समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने खुबी बनाउन आग्रह गरेका थिए ।

प्रहरीले लागु पदार्थ दुव्र्यशनीका कारण समाजमा घट्न सक्ने घटनाहरुलाई नियन्त्रित गरी सुसभ्य समाज निर्माणका लागि टोल टोलमा सुरक्षा समिति गठन गरी प्रशिक्षणात्मक अभियान सुरु गरिएको प्रहरी प्रमुख शिबबहादुर सिंहले बताए ।

नयाँ पाइला पुर्नस्थापना केन्द्रमा हालसम्म नौ सयभन्दा बढीले उपचार लिइसकेका छन् भने हाल दिवा सेवामा १५ जना र उपचारार्थीहरु ३९ जना रहेको निर्देशक भुसालले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस