कोरोना भाइरस विरुद्धको खोप बनाउनमा रुस सफल

काठमाण्डाैँ, २७ श्रावण ।

रुसि राष्ट्रपति भ्लादमिर पुटिनले रुसले कोरोना भाइरसका विरुद्ध खोप तयार गरेर सफल परिक्षण गरेको बताउनु भएको छ। रुसले बनाएको खोप आफ्ना २ छोरी हरुमा लगाएको र उनिहरुमा कुनै पनि साइड इफेक्ट नभएको समेत पुटिनले बताउनु भएको छ।

रुस कोरोना भाइरसका विरुद्ध खोप बनाएर दर्ता गर्ने पहिलो राष्ट्र भएको छ। अमेरिका, चीन, बेलायत, फ्रान्स लगाएतका देशले भाइरसका विरुद्ध खोप तयार गर्न प्रयासरत रहे पनि सफल हुन सकेका छैनन।

रुसि अधिकारी अनुसार यो खोप सबै भन्दा पहिले कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका शिक्षक , स्वास्थ्यकर्मी , डाक्टर, सुरक्षाकर्मिलाइ दिइने छ। यो खोप रुसको गामेल्या इन्स्टिच्युट्ले बनाएको हो र अब केही समय भित्रै उत्पादन सुरु गर्ने पुटिनले बताउनु भयो ।
यदि राष्ट्रपतीले बताए अनुसार खोप प्रभावकारी भयो र विश्व स्वास्थ्य संगठनले अनुमती दिएमा कोरोना भाइरसबाट प्रभावित विश्वले ठूलो राहत महसुस गर्ने छ

रुस कोरोना भाइरसबाट प्रभावित हुनेमा विश्वमै चौथो स्थानमा रहेको छ। हाल सम्म रुसमा ८ लाख ९७ हजार भन्दा बढी कोरोना भाइरसबाट संक्रमित भएका छन।

प्रतिक्रिया दिनुहोस