बाँकेमा पुनः तीन दिन निषेधाज्ञा

बाँके, २७ श्रावण ।

जिल्ला प्रशासन कार्यालय थप गर्ने निर्णय गरेको छ । जिल्ला स्तरिय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

यसअघि स्थानीय प्रशासनले आइतबारदेखि लागु हुने गरी मंगलबार (आज) राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेकोले यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रजिअ कुरुम्बाङले बताए ।

प्रतिक्रिया दिनुहोस