क्यान्सर पिडितलाई जापानबाट आर्थिक सहयाेग

तुलसीपुर,३० श्रावण ।

तुलसीपुरका एक जना क्यान्सर पिडितलाई आर्थिक सहयाेग गरीएकाे छ । तुलसिपुर उपमाहनगरपालिका १२ गरगरुवा घर भई हाल हरिसिद्धी क्यान्सर अस्पताल ललितपुरमा क्यान्सरकाे उपचार गराई रहेका १५ बर्षीय निराजन वलि लाई आर्थिक सहयाेग गरिएकाे हाे ।

बिहीवार तुलसीपुर १२ क्वागी घर भई हाल जापानमा अध्यनरत्त बिधार्थी हरि चाैधरी काे आर्थिक सहयाेगमा नेकपाका नेता छबि चाैधरीले पिडित परिवारलाई आर्थिक सहयाेग रु ५००० हस्तान्तरण गरेका हुन । उपचारमा आर्थिक अभाब भएकाले सहयाेग गरिएकाे चाैधरीले बताए  ।

प्रतिक्रिया दिनुहोस