नेपालमा मृत्यु हुने काेराेना संक्रमितकाे संख्या ९९ पुग्याे

काठमाण्डाैँ, ३० श्रावण ।

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९९ पुगेको छ। बितेको २४ घण्टामा कोरोनाका कारण थप ४ जनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या ९९ पुगेको हो ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोनाका कारण थप चार जनाको मृत्यु भएको पुष्टि गरे।

प्रवक्ता गौतमका अनुसार आज मोरङ र सिरहाका एक/एक जना पुरुष र बारामा २ जान पुरुष गरी चार जनाको मृत्यु भएको हो।

उनका उनुसार सबैभन्दा बढी प्रदेश २ मा ४२ जना रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ४ जना रहेका छन्।

प्रतिक्रिया दिनुहोस