निजी अस्पताललाई कोरोना उपचारका लागि २० प्रतिशत बेड छुट्याउन स्वास्थ्यकाे निर्देशन

काठमाण्डाैँ, ३० श्रावण ।

कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालका २० प्रतिशत बेड कोभिड व्यवस्थापनको लागि छुट्याउन निर्देशन दिएकाे छ ।

शुक्रबार मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमित बढ्दै जाँदा अस्पतालका बेड अभाव भएको भन्दै निजी क्षेत्रका अस्पताललाई २० प्रतिशत बेड छुट्याउन भनेको हो।

उपत्यका लगायतका ठाउँहरूमा अस्पतालका बेड अभाव हुँदै गएको छ। त्यसैले मन्त्रालयले निजी क्षेत्रका अस्पताहरूमा समेत २० प्रतिशत बेडहरू कोभिड व्यवस्थापनको लागि राख्नुहुन सबैलाई अपिल गरिएको हो,’विज्ञप्तीमा भनिएको छ।कोभिड अस्पतालहरूमा राख्न समस्या भएको भन्दै संक्रमण देखिएमा कोभिड अस्पतालसँग समन्वय गरी सोही अस्पतालमा उपचार गराउन अनुरोध गरेको हो।

प्रतिक्रिया दिनुहोस