सुनसरी, ३१ श्रावण ।
सुनसरीको झुम्का कारागारका चारजना बन्दीलाई कोरोना संक्रमण पुष्टि भएको छ । २६ साउनमा कारागार आएका चार बन्दीलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।उनीहरू १९,२० २१ र ४० वर्ष उमेरका हुन ।
झुम्का कारागारका जेलर अनिल खनालका अनुसार उनीहरु धनुषा जिल्लाका हुन् । जिल्ला अदालत, धनुषाले ठगी मुद्दाका दुई, जरवजस्ती करणी उद्योगका एक र जरवजस्ती करणी उद्योग तथा शरिर बन्धक मुद्दामा एकजनालाई पुर्पक्षका लागि झुम्का पठाएको थियो ।धनुषामा कारागार छैन् । कारागार नभएका कारण अदालतले चार जनालाई झुम्का पठाएको खनालले बताए ।
कारगारको छुट्टै स्थानमा राखेर कोरोना जाँच गर्दा पोजेटिभ आएको खनालले बताए । ‘नयाँ कैदी बन्दीलाई पीसीआर जाँच नगरी भित्र राख्दैनौं’ उनले भने, ‘बाहिरी राखेर पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको हो ।’