थप ६४१ जनामा कोरोना पुष्टि, संक्रमितकाे कुल संख्या २६,६६० पुग्याे

काठमाण्डाैँ, ३२ श्रावण ।

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ६४१ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका अनुसार १२ हजार २ सय ४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा यी संक्रमित भेटिएका हुन्  ।

यो सँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । देशभर ९ हजार २ सय ४१ जना कोरोना  भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस