तुलसीपुर, ३२ श्रावण ।
तुलसीपुरका युवा समाजसेवी एवं सञ्चारकर्मी चन्द्र वली “फाैजी”ले जन्मदिनको अवसर पारेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचाररत्त बिरामीहरुलाई फलफूल बितरण गरेका छन ।
आइतबार जन्मदिनको अवसरमा उनले अस्पतालमा करिब ३५ जना बिरामीलाई फलफुल बाडेका थिए । समाजमा केही नयाँ सन्देश दिनका निम्ति जन्मदिनलाई भड्किलो तरिकाले भन्दा पनि बिरामीलाई धेरै नभए नि फलफूल बितरण गरेर सामान्य तरिकाले जन्मदिन मनाएको उनले बताए ।
पछिल्लो समय पश्चिमा संस्कृतिले नेपालमा निकै तहल्का मच्चाएको र त्यसले हामी नराम्रो मार्ग उन्मुख भएको भन्दै उनले आफ्नो संस्कृतिको संरक्षणमा लाग्नुपर्ने बताए ।
वली बिगत केहि समय अघि देखि डेली न्युँज बैकमा न्युँज रिपाेटरका रुपमा कार्यरत्त रहेका छन ।