कर्णाली प्रदेश प्रवेश गर्दा पिसिआर रिपोर्ट अनिवार्य

सुर्खेत, ०१ भाद्र ।

कोरोना भाइरस समुदायमा फैलिने संकेत देखिएपछि कर्णाली प्रदेश सरकारले भदौ १ देखि कर्णाली प्रवेशमा कडाइ गरेको छ। पछिल्लो समय लकडाउन खुकुलो भएसँगै समुदायमा कोरोना संक्रमण फैलिने सम्भावना र जोखिमलाई मध्यनजर गर्दै नाकामा कडाइ गरिएको हाे ।

आजदेखि रातिको समयमा कर्णाली प्रदेशमा आउन पूर्ण रूपमा बन्द गरिएको छ। कर्णाली प्रदेश भित्रिने मुख्य नाकाहरू सुर्खेतको बबई, कुइने, सल्यानको कालीमाटी, काल्चे, कपुरकोट हुन् । यी नाकाहरूमा पिसिआर रिपोर्ट हेरेरमात्र आउन दिने व्यवस्था गरिएको छ।

यस्तै भारतबाट आएकालाई ७ दिनसम्म अनिवार्य क्वारेन्टिनमा राखेर स्वाब परीक्षण गरिसकेपछि मात्र घर जान मिल्ने व्यवस्था गरिएको छ।सबैभन्दा धेरै प्रभावित कर्णालीका दैलेख र सुर्खेत जिल्लामा समुदायस्तरमा पुगेर स्वाब परीक्षण गर्दा केही व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि नाकामा कडाइ गरिएको हो।

प्रतिक्रिया दिनुहोस