धनुषामा थप एक जना कोरोना संक्रमितको मृत्यु

धनुषा, ०१ भाद्र ।

धनुषामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको धनौजी गाउँपालिका वडा नम्बर ३ कटैया निवासी ६५ बर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु  भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार ती पुरुष बिरामी परेर गत साउन २६ गते अस्पताल भर्ना भएका थिए । उनको सोही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो  ।

प्रतिक्रिया दिनुहोस