थप ५८१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७,२४१ पुग्याे

काठमाण्डाैँ, ०१ भाद्र ।

नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा ५८१ जना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यकामा १६८ जना संक्रमित देखिएका छन् । जसमध्ये काठमाडौंमा १३९, ललितपुरमा १५  र भक्तपुरमा १४  जनामा संक्रमण देखिएको हो ।

कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्‍टामा १५९ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस