चितवनमा ४२ सशस्त्र प्रहरी सहित ५० जनामा कोरोना पुष्टि

चितवन, ०२ भाद्र ।

चितवनमा ४२ सशस्त्र प्रहरीसहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा चितवनमा नै बस्दै आएका ४६ जना र विभिन्न अस्पतालमा उपचारका लागि आएका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ४२ सशस्त्र प्रहरी मध्ये दुई जना महिला र ४० जना पुरुष हुन ।

६० जनाको नमूना सङ्कलन गरी पठाइएकामा ४२ जनामा कोरोना सङ्क्रमण देखिएको राप्ती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले बताए ।। सङ्क्रमण देखिएका प्रहरीलाई त्यहीँ क्याम्प भित्र आइसोलेसन तयार गरी उपचार भैरहेकाे जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस