काेराेना संक्रमणका कारण थप ७ जनाको मृत्यु, मृतककाे कुल संख्या ११४ पुग्याे

काठमाण्डाैँ, ०२ भाद्र ।

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभर गरेर थप ७ जनाको मृत्यु भएको बताए।।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके, कास्की र तनहुँका एकएक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस