दाङमा टिप्परको ठक्करबाट एक बालकको मृत्यु

दाङ, ०२ भाद्र ।

दाङमा टिप्परको ठक्करबाट एक बालकको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका–१ पाखापानीमा बा ५ ख १४५ नम्बरको टिप्परले ठक्कर दिँदा राप्ती गाउँपालिका–१  निवासी ७ वर्षीय राकेश कुमालको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक गंगाबहादुर सारुले जानकारी दिएका छन् ।

भालुबाङबाट लमही तर्फ आउँदै गरेको टिपरले बालकलाई ठक्कर दिएको थियो। ठक्कर दिने टिप्पर र चालक प्रहरीको नियन्त्रणमा रहेको साथै घटनाकाे थप अनुसन्धान भैरहेकाे पनि प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस