थप ६८१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २८,९३८ पुग्याे

काठमा‌ण्डाैँ, ०४ भाद्र ।

नेपालमा पछिल्लाे २४ घण्टामा ६८१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५२२ जनाको परीक्षण गर्दा ६८१ जनामा संक्रमण देखिएको हो ।

नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । पछिल्लो  २४ घण्टामा कोरोना संक्रमण निको भएर १२० डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १७ हजार ७०० पुगेको छ

प्रतिक्रिया दिनुहोस