नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

काठमाण्डाैँ, ०५ भाद्र ।

नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० पुरुष र एक महिलाको मृत्यु भएको हो ।

मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानुपर, दोलखा र प्युठान जिल्लाका एक–एक जनाको निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

११ जिल्लाका थप ११ जनाको निधन सँगै शुक्रबार सम्म संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ३७ पुगेको छ । देशभर संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस