थप ६३४ जनामा कोरोना पुष्टि, संक्रमितकाे कुल संख्या ३१ हजार ११७ पुग्याे

काठमाण्डाैँ, ०६ भाद्र ।

नेपालमा थप ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार  काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् । यस्तै पर्साका ५९ जना, मोरङका ५२, सिराहाका ३५, मकवानपुरका ३२, सुनसरीका ३१, बाँकेका २८, चितवनका २७, रुपन्देहीका २३, झापाका १७, कास्कीका १६, कपिलवस्तुका १५, कैलालीका १४ र बाराका १० जनामा संक्रमण देखिएको छ ।

बर्दियाका ७, सल्यानका ६, दोलखाका ४, भोजपुर, धनुषा, रौतहट, सप्तरी, काभ्रे, नवलपुर र नवलपरासीका ३÷३ जना, धादिङ, नुवाकोट, तनहुँ, जुम्ला र सुर्खेतका २-२ तथा इलाम, संखुवासभा, महोत्तरी, सर्लाही, सिन्धुली, बाग्लुङ, स्याङ्जा, पाल्पा, प्युठान, रोल्पा, डडेलधुरा र डोटीका १-१ जनामा संक्रमण देखिएको छ ।

यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । उनीहरुमध्ये १४६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस