नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुग्याे

काठमाण्डाैँ, ०६ भाद्र ।

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। विगत २४ घण्टामा भएको पिसिआर परीक्षणका क्रममा मृतक ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

मृत्यु हुनेमा सुनसरीका ६ वर्षीया बालिका, ६८ वर्षीय पुरूष, पर्साका ६१, ५८ र ४८ वर्षीय ३ जना पुरूष, बाराका ५८ वर्षीय पुरूष, सिराहाका ६८ वर्षीय पुरूष, मकवानपुरका ५६ वर्षीय पुरूष र भक्तपुर ७३ वर्षीय पुरूष गरी ९ जना छन्। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस