थप ३ जनाको कोरोनाबाट मृत्यु , कुल मृतकको संख्या १४९ पुग्यो

काठमाडौँ , ७ भदौ ।

नेपालमा पछिल्लाे २४ घण्टामा कोरोनाका कारण थप ३ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको प्रेस ब्रिफिगंका क्रममा विगत २४ घण्टामा थप ३ जनाको कोरोनाबाट मृत्यु भएको जनाएको छ ।

आज मृत्यु हुनेमा झपाका ५८ वषीर्य पुरुष , पर्साका ५६ वषीर्य महिला र सलार्हीको ३३ वर्षीय महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हाल सम्म १४९ जनाको कोरोना संक्रमणबाट मृत्यु भइुकेको छ । मन्त्रालयका अनुसार भेन्टिलेटरमा हाल सम्म १० जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस