सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सेल्फ आईसोलेसनमा

कैलाली, ०७ भाद्र ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज गरिएको परीक्षणमा २३ वर्षीय पुरुष मुख्यमन्त्रीका सवारी चालकमा कोरोना पुष्टि भएको हो ।

उनलाई अहिले सेती अस्पतालको आइसोलेनमा राखिएको छ । यसैबिच सवारी चालकमा कोरोना पुष्टि भएपछि मुख्यमन्त्री भट्ट सेल्फ आईसोलेसनमा बसेका छन् ।

अहिले मुख्यमन्त्री भट्ट सेल्फ आईसोलेसनमा रहेको र उनी सहित संक्रमित चालकको सम्पर्कमा आएका सबैको स्वाब संकलन गरेर कोरोना परीक्षण गर्ने तयारी भैरहेको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिह ओलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस