थप ८ जनाको कोरोनाबाट मृत्यु , मृतकको कुल संख्या १५७ पुग्यो

काठमाण्डाैँ, ०८ भाद्र ।

नेपालमा पछिल्लो २४ घण्टामा थप आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा पाँचजना पुरुष र तीनजना महिला रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार रुपन्देहीमा ६७ वर्षीया महिला, ३८ वर्षीय, ५३ वर्षीय र ५४ वर्षीय पुरुष गरी चारजनाको मृत्यु भएको हो ।

यस्तै सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला र काठमाडौंकी ४८ वर्षीया महिलाको मृत्यु भएको गौतमले बताए। यो संगै नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या एक सय ५७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस