सल्यान, १० भाद्र ।
सल्यानमा आफनै छोरीलाई बावुले पटकपटक जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । शारदा नगरपालिका बस्ने ३६ बर्षिय पुरुषले आफनै ८ बर्षिया छोरीलाई पटकपटक जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आरोपी बावुले गएको जेठ २३ गते,असार १६ गते र साउन २२ गते गरी पटकपटक करणी गरेको प्रहरीले बताएको छ । ललाईफकाई गरी उनले बारम्बार छोलीलाई करणी गरेको जाहेरीमा उल्लेख छ ।
जाहेरी पश्चात फरार भएका उनलाई मंगलवार राती प्रहरीले पक्राउ गरेको हो । उनी विरुद्ध हाडनाता करणी मुदा दर्ता गरी अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।