कोराेना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतककाे कुल संख्या १ सय ७५ पुग्याे

काठमाण्डाैँ, १० भाद्र ।

नेपालमा कोराेना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ।बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दुई महिला र ९ पुरुष गरी ११ जानको कोरोना संक्रमणबाट ज्यान गएको बताए।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङमा ४६बर्षिय, भक्तपुरमा ५३ वर्षिया महिलाको मृत्यु भएको बताए । यस्तै कैलालीमा ४५ र ५० वर्षिय पुरुष, मोहत्तरीमा ६०, ७२ र ७५ वर्षिय पुरुषको मृत्यु भएको उनले बताए ।

यस्तै बाँकेमा ३७ वर्षिय पुरुष, काठमाडौंमा काठमाडौं ५१ वर्षिय पुरुष र बारामा ४१ र ४६ वर्षिय पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस