थप ११११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुग्याे

काठमाण्डाैँ, ११ भाद्र ।

नेपालमा मुलुकमा थप १ हजार १ सय ११ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार १ सय ११ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३५ हजार ५ सय २९ पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ३७७ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा मात्र २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना रहेका छन् ।यस्तै पर्साका ८५ जना, बाँकेका ७५, रुपन्देहीका ७२, मकवानपुरका ६३, चितवनका ४५, धनुषाका ३९, सुनसरीका ३८, बाराका ३०, सप्तरीका २२,

कपिलवस्तुका २१, मोरङ र कैलालीका २०/२० जना, नवलपरासीका १८,नवलपुर र बैतडीका १७/१७, रौतहटका १५, काभ्रेका १३, दैलेखका १२, तनहुँका ११, सुर्खेतका ९, बाग्लुङका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सिराहा, महोत्तरी र नुवाकोटका ७/७ जना, सर्लाही, रामेछाप, कञ्चनपुर र डोटीका ६६ जना, सिन्धुली र जाजरकोटका ५/५ जना, प्युठान र संखुवासभाका ४/४ जना, सिन्धुपाल्चोक, लमजुङ र गुल्मीका ३/३ जना, दोलखा, कास्की र दाङका २/२ जना तथा खोटाङ, धादिङ, गोरखा, पर्वत, बर्दिया र बझाङका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस