काठमाण्डाैँ, १२ भाद्र ।
कोरोना भाइरस संक्रमणबाट १२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।मोरङमा २ जनाको मृत्यु भएको छ भने भक्तपर, मकवानपुर, उदयपुर, पर्सा, धनुषा, सिराहा, झापा, चितवन, लमजुङ र रुपन्देहीमा एकएक जनाको मृत्यु भएको हो ।
मृतकमध्ये ४ जना महिला छन् भने ८ जना पुरुष छन् । यससँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।