कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतककाे कुल संख्या २०७ पुग्याे

काठमाण्डाैँ, १३ भाद्र ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय नाघेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०७ पुगेको हो।

शनिबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभर गरेर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा ३ महिला र ९ जना पुरुष रहेका छन्।

प्रवक्ता गौतमका अनुसार पाल्पाकी ३०, काठमाडौँकी ५१ र भक्तपुरकी ६२ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।त्यस्तै पर्साका ४८, ३९, सिरहा ८४, गोरखामा ३८, काठमाडौँमा ८३, ललितपुरमा ७२ र ६१, भक्तपुरमा ८२ र कास्कीका ५८ वर्षीय पुरुषको  संक्रमणबाट निधन भएको हो।

प्रतिक्रिया दिनुहोस