थप ८९९ जनामा काेराेना पुष्टि, संक्रमितकाे कुल संख्या ३९,४६० पुग्याे

काठमाण्डाैँ, १५ भाद्र ।

नेपालमा निरन्तर रूपमा कोरोनाको गति बढीरहेको छ । आज पनि देशभर ८९९ संक्रमित थपिएका छन् । देशभर गरिएकाे  ११ हजार १ सय २९ जनामा गरिएको परीक्षणमा ८९९ संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो सगैँ देशभर संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ जना रहेका छन् । जस मध्य संस्थागत आईसोलेसनमा १० हजार ७ सय १ जना रहेका छन् भने बाँकी होम आईसोलेसनमा रहेका छन् ।

यस्तै भेन्टिलेटरमा १६ जना रहेका छन् भने आईसियुमा एक सय ३२ जना रहेका छन् । हाल सम्म कोरोना मुक्त भई २१ हजार ४ सय १० जना घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस