काेराेना संक्रमणका कारण थप सात जनाको मृत्यु, मृतककाे कुल संख्या २२८ पुग्याे

काठमाण्डाैँ, १५ भाद्र ।

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणका कारण ४ वर्षीया बालिका सहित थप सात जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिंगका क्रममा आज तिन महिला र चार पुरुष गरि सात जनाको निधन भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो ।

मृत्यु हुनेमा महोत्तरीकी चार वर्षीया बालिका, गोर्खाकी ६५ वर्षीया र रुपन्देहीकी ६८ वर्षीया महिला, झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षीय पुरुषको काेराेना संक्रमणबाट मृत्यु भएको छ ।

साेमबार सात जना कोरोना संक्रमितको मृत्यु भएसगै देशभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरूकाे कुल संख्या २२८ पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस