राप्ती प्रादेशिक अस्पतालमा बन्द रहेकाे इमरजेन्सी र प्रसुती सेवा सुचारु

दाङ, १५ भाद्र ।

राप्ती प्रादेशिक अस्पतालमा बेलुकी ५ बजे देखि इमरजेन्सी र प्रसुती सेवा सुरु भएको छ । अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षतामा आज बसेको बैठकले अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा सबै स्वास्थ्यकर्मीलाई सुरक्षित रहेर अस्पतालमा आउने नागरिकको उपचारमा खट्न निर्देशन दिएको हाे ।

२ जना डाक्टर सहित ९ जनामा कोरोना देखिएपछि अस्पतालले भदौ १३ गते देखि सबै सेवा बन्द गरेर अस्पताल सिल गरिएकाे थियो ।अस्पतालकाे ओपीडी सेवा भने अर्काे निर्णय नभए सम्मका लागि बन्द रहने अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस