बाँकेको कोहलपुर नगरपालिकाको कार्यालय सिल

बाँके, १६ भाद्र ।

बाँकेको कोहलपुर नगरपालिकाको कार्यालय सिल गरिएको छ । नगरपालिकाको कार्यालय अन्तर्गत हेल्प डेक्समा कार्यरत एकजना कर्मचारीमा कोरोना भाइरस जाँच गर्दा पोजेटिभ देखिएको हुँदा नगर क्षेत्रमा कोरोना भाइरस फैलिने जोखिमलाइ मध्येनजर गर्दै नगरपालिका सिल गरिएको हो ।

सोमबार नगरपालिकाका प्रमुखको अध्यक्षतामा बसेको आकस्मिक बैठकले आज देखि अगामी भदौ १९ गतेसम्मका लागि कार्यालय सिल गरिएको नगरपालिकाद्वारा जारी सुचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस