जिल्ला बाहिर उपचार गराउन गएका तुलसीपुरका दुई महिलामा कोरोना पुष्टि

तुलसीपुर, १६ भाद्र

तुलसीपुरका थप २ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । उपचारका लागि चितवन पुगेकी तुलसीपुर ८ कि ६५ बर्षिय महिला र नेपालगञ्ज पुगेकी वडा नम्बर ९ कि ६० बर्षिय महिलामा परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।

उपचारका लागि चितवन र नेपालगन्जमा पुगेका दुई महिलामा कोरोना संक्रमण देखिएको कोरोना भाईरस फोकल पसर्न विमल केसीले जानकारी दिएका छन । यस सगैं तुलसीपुरमा संक्रमितको संख्या ९६ पुगेको छ । यस्तै ४८४ जनाको रिर्पोट आउन बाँकि रहेको छ ।

प्रतिक्रिया दिनुहोस