जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि

दाङ,१६ भाद्र ।

जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एक कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएकाे छ । कार्यालयले जारी गरेको सुचनामा कार्यालयका एक कर्मचारीमा कोरोना देखीएको उल्लेख गरिएको छ ।

कोरोना माहामारीको संक्रमण फैलिरहेको अवस्थामा प्रशासन कार्यालयका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको जारी सुचनामा उल्लेख गरिएको छ ।

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने शान्ती सुरक्षा र मुद्धा लगाएतका अत्यावश्यक सेवा बाहेक अन्य सेवा अर्को सुचना जारी नभएसम्मका लागी बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जनकारी दिनुभयाे ।

 

प्रतिक्रिया दिनुहोस