तुलसीपुरमा समुदायमा परिक्षण गरिएका २३४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

तुलसीपुर,१६ भाद्र । 

तुलसीपुरमा समुदाय स्तरबाट लिएको २३४ जनाको स्वावको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । तुलसीपुरमा समुदायमा कोरोना देखिन थालेपछि संक्रमितको सम्पर्कमा आएका र समुदाय स्तरका २३४ जनाको भदाै १२ गते शुक्रबार स्वाव लिएको संकल्न गरिएकाे थियाे ।

क्वारेन्टाईन भन्दा बाहिर रहेका व्यक्तिमा संक्रमण पोजेटिभ आएपछि वजार क्षेत्रबाट २ सय ३४ जनाको स्वाब संलकन गरिएको थियो ।

समुदाय स्तरमा अन द स्पट स्वाव संकलन गरियको पसल वजार खुद्रा व्यापार ,कन्ट्याक्टट्रेसिंग, उरहरि स्वास्थ्यचौकी , संक्रमित व्यक्तिहरुका घरपरिवार,सरकारी कार्यालय, ईलाका प्रशासन कार्यालय, प्राइभेट वैंक कर्मचारी स्वास्थ्य कर्मी, ट्रफिक प्रहरी, संचारकर्मी लगायतका २३४ जनाको स्वावको संकलन गरि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा नेगेटिभ आएको तुलसीपुरका कोभिड १९ फोकल पर्सन बिमल केसिले जानकारी दिनुभएको छ ।  यो संगै समुदायमा कोरोना भयावह अवस्था नभएको पुष्टि भएको हाे।

 

प्रतिक्रिया दिनुहोस