पेट्रोलको मूल्य बढ्याे

दाङ, १७ भाद्र ।

नेपाल आयल निगमले पेट्रोलको मूल्यमा बृद्धि गरेको छ। भारतबाट आएको मूल्य अनुसार निगमले मंगलबार राति देखि लागू हुने गरी पेट्रोको मूल्य बढाएको हो।

निगमका अनुसार आज राति देखि लागू हुने गरी पेट्रोको मूल्य प्रति लिटर २ रुपैयाँ बढाइएको छ।

मूल्यवृद्धि सँगै पेट्रोलको खुद्रा मूल्य लिटरको १०७ रुपैयाँ हुने भएको छ।पेट्रोको मूल्य बढेपनि डिजेल, मट्टितेल, हवाई ईन्धन तथा एल.पि.ग्यासको मूल्य भने बढेको छैन।

प्रतिक्रिया दिनुहोस