सल्यानमा २ विप्लब कार्यकर्ता पक्राउ

सल्यान, १७ भाद्र ।

सल्यानमा २ विप्लब कार्यकर्ता पक्राउ परेका छन । पक्राउ पर्नेमा कर्णाली व्युरो सदस्य जिल्ला सुर्खेत चिङगाड गा.पा.वडा नं २ बस्ने बर्ष
५० को महेश भन्ने आईते बि.क. र जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं २ बस्ने बर्ष ४२ को तिलक बहादुर वली रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयाे ।

उनिहरूले जिल्ला सल्यान कालिमाटी गा.पा. वडा नं ६ जलजला स्थित व्यापारी तथा जनप्रतिनिधिहरु सँग चन्दा मागी अशान्ति मच्चाई रहेका थिए ।  उनीहरूलाई सोही ठाँउमा लुकिछिपि बसि रहेको अबस्थामा प्रहरी टोलीले निजहरुसँग सोधपुछ गर्दा प्रहरी कर्मचारी माथि नै अभद्र व्यबहार गरेको प्रहरीले जनाएकाे छ । उनीहरु दुबै जनालाई हिरासतमा राखि थप अनुसन्धान कार्य भईरहेकाे छ ।

 

 

प्रतिक्रिया दिनुहोस