राप्ती नदीमा एक महिलाको वेवारिसे शव फेला

दाङ, १७ भाद्र ।

दाङको राप्ती नदीमा एक महिलाको वेवारिसे शव फेला परेको छ । राप्ती गाउँपालिका २ मा राप्ती नदी कटाहाघाटमा ४५ बर्षिय एक महिलाको शव फेला परेको हो ।

बुधबार बिहान ८ बजे नदीमा दाउरा बटुल्न गएका स्थानीयले नदी किनारमा तैरिरहेको अवस्थामा उक्त शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।शबको पहिचान हुन नसकेको र थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय भालुवाङ प्रहरी निरीक्षक गंगाबहादुर सारूले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस